काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा ७ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।





Comment