आईपीओ ल्याउदै सालपा विकास बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आईपीओ ल्याउदै सालपा विकास बैंक



काठमाडौं । सालपा विकास बैंक लिटिमेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने मुख्य उद्देश्यसहित साधारण सभा बोलाएको छ । माघ २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको १३ औं साधारण सभा फागुन २७ गते आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा आईपीओ निष्कासन गर्ने र यस प्रयोजनका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा बैंकको गत आवको वित्तीय विवरणहरु समेत पारित गरिनेछ।

प्रकाशित : १ फाल्गुन २०८१, बिहीबार १३:३४