काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २३ सय रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला छापावाल सुन एक लाख ६९ हजार ८ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन प्रतितोला एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी प्रतितोला १९ सय ६५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।





Comment