सिटिजन्स इन्टरनेसनलको दशौं वार्षिकोत्सव संपन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स इन्टरनेसनलको दशौं वार्षिकोत्सव संपन्न



काठमाडौँ, बैशाख ७ । सिटिजन्स इन्टरनेसनलले आज विहकार आफ्नो दशौं वार्षिकोत्सव संपन्न गरेको छ । २०आंै वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज दशौं वर्ष पूरा गरेको छ । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष शंकर प्रसाद शर्माको अध्यक्षतामा बैंकको प्रमुख कार्यालयको प्राङ्गणमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भयो ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष  शंकर प्रसाद शर्माबाट सिटिजन्स दशक बचत खाता शुभारम्भ गरिएको छ । यस योजना अन्तर्गत निक्षेपकर्ताले न्यूनतम मौज्दात रु. ५,०००।– दैनिक मोज्दातमा ५% व्याजदर प्राप्त गरिने तथा निःशुल्क ए.वि.वि.एस. सेवा, निःशुल्क DMAT  सेवा प्राप्त गर्नुका साथ लकर शुल्कमा पनि ५०% छुट प्रदान गरिने छ । यसका साथै यस योजनाबाट ग्राहकवर्गले विभिन्न सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न संस्थाहरुलाई करिब रु. ४७ लाखको आर्थिक सहयोग गरेको छ ।साथै बैँकले दरवारमार्ग स्थित नेपाल ट्राफिक प्रहरीको कार्यलयमा वाटर ट्रिटमेन्ट प्लान्ट स्थापना गरेको छ बैकले अघिल्लो वर्षको कार्यलाई निरन्तरता दिदैं काठमाडौंको शान्तिनगर स्थित निःसहाय सेवा सदनमा आश्रित ५० जना वृद्धवृद्धाहरुलाई एक दिने भोजन कार्यक्रम पनि आयोजना गरेकोे छ । यसै अवसरमा आयोजित रक्तदान कार्यक्रममा करिव ६० जना कर्मचारी तथा अतिथिहरुले रक्तदान गरेका छन् । त्यसैगरि आयोजित आँखा दान र मिर्गौला दान कार्यक्रममा क्रमशः २ जना र १ जना व्यक्तिहरुले आफ्नो मरणाप्रान्त अङ्ग दान गरेका छन् ।

खेलकुद जगतमा टेवा पु¥याउने उद्देश्यले बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘Citizens Golf Tournament-2017’  आयोजना गर्नुका साथै निकट भविष्यमा आयोजना गरिन लागिएको ‘‘5th Citizens Lawn Tennis Tournament’  सम्बन्धी जानकारी पनि उक्त समारोहमा दिइएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलंकाका भेत्राण क्रिकेट खेलाडीहरु बिच आयोजन हुन लागेको क्रिकेट खेल सञ्चालनका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले आफ्नो वार्षिकोत्सव पारेर आज विहान बैंकिङ्ग सम्बन्धि जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना ग¥यो । बैंकको प्राङ्गणबाट शुरु भएको सो प्रभातफेरी हात्तिसार घण्टाघर, भद्रकाली, बसन्तपुर, नयाँ सडक, जमल, लैनचौर, नागपोखरी हुदैं बैंकको प्राङ्गणमा आएर टुगिएको थियो ।

प्रकाशित : ७ बैशाख २०७४, बिहीबार ०९:५५