पाँच तारा साकोसले कविता प्रतियोगिता आयोजना गर्ने ,यस्ता छन् शर्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पाँच तारा साकोसले कविता प्रतियोगिता आयोजना गर्ने ,यस्ता छन् शर्त



काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाले कविता लेखनमा रुची राख्ने श्रष्टा सदस्यहरुलाई लक्षित गरी ‘पाँच तारा कविता प्रतियोगिता २०८१’ गर्न लागेको हो ।

उक्त प्रतियोतिामा सहभागी हुन इच्छुक श्रष्टाहरुले आगमी माघ २२ गते भित्र आफ्नो कविता बुझाउन संस्थाले आग्रह गरेको छ । संस्थाले प्रतियोगिता सम्बन्धी सूचना प्रकाशित गर्दै इच्छुक श्रष्टाहरुले पत्रपत्रिका तथा सामाजिक सञ्जालमा प्रकाशित नभएको र आफ्नै रचनामा कविता लेख्नुपर्ने जनाएको छ ।

त्यसैगरी कुनै राजनीतिक दल, धर्म, जातजाति एवं सम्प्रदायलाई आक्षेप नलगाएको, गद्य वा पद्य जुनसुकै शैलीको कवितालाई पनि प्रतियोगितामा समावेश गराइने, सहकारी सम्बन्धी कवितालाई विशेष प्राथमिकता दिने र प्राप्त कविता मध्येबाट निर्णायकहरुबाट पहिलो चरणमा छनोट गरी वाचनका लागि २० वटा कवितालाई अन्तिम प्रतियोगितामा समावेश गरिने सूचनामा उल्लेख छ । संस्थाको सभाहलमा आयोजना हुने प्रतियोगितामा प्रथम द्धितिया, तृतीय र सान्तवनालाई नगद तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता माघ २५ गते हुने छ ।

प्रकाशित : ११ माघ २०८१, शुक्रबार १२:५०