नेप्से १२.५८ अंकले उकालाे लाग्दा, छ अर्ब २५ करोड माथिको काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से १२.५८ अंकले उकालाे लाग्दा, छ अर्ब २५ करोड माथिको काराेबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दाेहाेराे अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन गत बिहीबार सामान्य अंक घटेर बन्द भएको नेप्से आज १२.५८ अंक बढेर २६०१.२१ विन्दुमा पुगेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक बढेको छ।

आज १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३२५ कम्पनीको एक करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर किनबेच हुँदा छ अर्ब २५ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सुपर मादीको २४ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा मिडिल तमोर हाइड्रोको १५ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज बोटलर्स नेपाल ९बालाजु० को सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य पनि साढे ७ प्रतिशत बढेको छ।

आज सुपर मादी हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ । १३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.५७ प्रतिशत बढेको छ।

प्रकाशित : ६ माघ २०८१, आईतवार १५:२३