दिपल एस०७ एल: अत्याधुनिक प्रविधि र ३ लाखको विशेष छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

दिपल एस०७ एल: अत्याधुनिक प्रविधि र ३ लाखको विशेष छुट



काठमाडौं ।  नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले आफ्नो सफल इलेक्ट्रिक एसयूभी दिपल एस०७ को अपग्रेडेड र थप शक्तिशाली तथा बढी रेन्ज दिने एसयूभी एस०७ एल सार्वजनिक गरेको छ । एक कार्यक्रमका बिच सो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरिएको हो ।

दिपलका ब्रान्ड एम्बेसडर पारस खड्का, एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल र एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारिया लगायतले सो एसयूभी सार्वजनिक गरे ।

थप रेन्ज र पावरफुल पर्फमेन्स
दिपल एस०७ एलमा १६० किलोवाटको रियर ह्विल ड्राइभ रहेको छ भने ७९.९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको हुनेछ जसले सिंगल चार्जमा ४८५ किलोमिटर डब्लुएलटीपी रेन्ज दिनेछ । स्पिड इन्थुजियास्टका लागि डिजाइन गरिएको यो इलेक्ट्रिक एसयूभीको टप स्पिड १८० किलोमिटर प्रति घन्टा रहेको छ भने ० देखि १०० किलोमिटर प्रति घन्टाको रफ्तार मात्र ६.६ सेकेन्डमा हासिल गर्नेछ ।

अत्याधुनिक डिजाइन र प्रविधि
एस०७ एलले पनि चर्चित दिपल एस०७ ले जस्तै बोल्ड एक्सटेरियर, फ्रेमलेस डोर, ठूला २० इन्चका टायरले सबैको ध्यान आकर्षित गर्नेछ । क्याबिनमा क्वालकम स्न्यापड्रागन ८१५५ चिपजडित १५.६ इन्चको सनफ्लावर टचस्क्रिन हुनेछ । यसले इन्फोटेनमेन्ट र भेइकल कन्ट्रोललाई बेजोड बनाउनेछ ।

यसबाहेक दिपल एस०७ एलमा नेभिगेसन र ड्राइभर इन्फर्मेसनका लागि अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, ह्यान्ड्स फ्रि अपरेसनका लागि जेस्चर कन्ट्रोल, वेलकम सिट, एन्डभान्स्ड सेफ्टी ड्राइभिङ, एडास २.५ जस्ता फिचरहरु रहनेछन् । सुरक्षाका लागि यसमा एआईसीसी एडाप्टिभ क्रुज कन्ट्रोल, एक्टिभ इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, ट्रान्सपरेन्ट च्यासिस सहितको ३६० डिग्री प्यानोरामिक क्यामेरा पनि रहेको छ ।

मूल्य र छुट अफर
दिपल एस०७ एलको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर १५ दिन सम्मका लागि यसमा ३ लाख रुपैयाँ छुट प्रदान गरिएको छ । यस अनुसार हाल ग्राहकले ८१ लाख ९९ हजार रुपैयाँमै सो इलेक्ट्रिक एसयूभी पाउने छन् ।

फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण निकै लोकप्रिय बनेको दिपल एस०७ हालसम्म सात सयभन्दा बढी युनिट विक्री भइसकेको कम्पनीको भनाइ छ । एस०७ एलले अद्वितीय ईभी अनुभवमार्फत पर्फर्मेन्स, रेन्ज र ड्राइभिङ एक्साइटमेन्टलाई नयाँ उचाइमा पु-याउने कम्पनीको भनाइ छ ।

प्रकाशित : ४ माघ २०८१, शुक्रबार १४:४४