कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१२ मंसिर २०८३, शनिबारSaturday, November 28, 2026

अर्थबजार स्टोरी

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्री

काठमाडौं । कामना सेवा विकास बैंकले ३३ हजार ८५२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएकाे छ। बैंकले यसअघि संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखेकाे सेयरमा खरिद आवेदन नपरेपछि उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको हाे।

यो सेयर खरिदका लागि निवेदन दिन इच्छुक लगानीकर्तालाई ७ दिनको म्याद दिइएको छ। तोकिएको मितिभित्र लगानीकर्ताले सेयर खरिदका लागि काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।

प्रकाशित : ४ माघ २०८१, शुक्रबार ०९:१७ 17 January, 2025 9:17 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।