सुनको मुल्य स्थिर, चाँदीकाे कतिमा हुदैछ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य स्थिर, चाँदीकाे कतिमा हुदैछ काराेबार ?



काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

आज चाँदीको मुल्य भने तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा १८ सय १० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित : 7 January, 2025 11:09 am