एकीकृत फ्रेण्डसिप साकोसकाे विद्यालय शिक्षा कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एकीकृत फ्रेण्डसिप साकोसकाे विद्यालय शिक्षा कार्यक्रम सम्पन्न



काठमाडौं । दोलखामा रहेको एकीकृत फ्रेण्डसिप साकोसले “विद्यालय शिक्षा कार्यक्रम” सम्पन्न गरेको छ । साकोसले पुस १९ गते शुक्रबार बेताली सेवाकेन्द्रको आयोजनामा श्री जनजागृत माध्यमिक विद्यालय गोकुलगंगा ४, बेतालीमा कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम संस्थाका संचालक समिति सदस्य तथा उक्त सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक सिताराम कार्कीको अध्यक्षता र सो विद्यालयका प्रधानाध्यापक बाबुराम घिमिरेको प्रमुख उपस्थितिमा सम्पन्न भएको हो ।

वित्तिय साक्षरता अन्तर्गत सहकारीको परिचय, बचत तथा ऋणको महत्व, पैसाको प्रयोग, पारिवारिक बजेट, संस्थाको परिचय, संस्थाले प्रदान गरिरहेको विभिन्न सेवा सुविधा र विभिन्न प्रविधिहरुको बारेमा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले जानकारी गराएका थिए ।

सो कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए।

कार्यक्रममा बेताली सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्यहरू, संस्थाका सूचना प्रविधि अधिकृत नबराज दहाल, बेताली सेवाकेन्द्रका सेवाकेन्द्र प्रमुख भरतबहादुर बस्नेत सहित विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का कुल १३२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : २२ पुष २०८१, सोमबार १८:०७