काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक् हजार सात सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी एक हजार सात सय ९० रुपैयाँमा कारोबार भएको थियो ।





Comment