ओरालो लागेर बन्द भयो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओरालो लागेर बन्द भयो नेप्से



काठमाडौँ, ५ बैशाख । मंगलबार नेप्से ३९ दशमलव ५७ अंकले ओरालो लागेको छ । मंगलबार उतपादनमुलक समुह बाहेक अरु सबै समुह ओरालो लागेको छ । मंगलबार नेप्से १६ सय १२मा आएर बन्द भएको छ । मंगलबार उतपादनमुलक समुह ८ दशमलव ९६ अंकले बडेको छ । मंगलबार इन्स्योरेन्स समुह १८४ दशमलव ४७ अंकले ओरालो लागेको छ ।मंगलबार जलविघुत समुह ७१ दशमलव २४ अंकले, होटल समुह ४६ दशमलव ३७ अंकले , बैकिड। समुह ४४ दशमलव ०७ अंकले, विकस बैँक समुह ३८ दशमलव ८७ अंकले ,अन्य समुह ६ दशमलव ०७ अंकले र फाइनान्स समुह १ दशमलव ९५ अंकले ओरालो लागेको छ ।
मंगलबार कारोबारमा आएका १४२ कम्पनी बाट २२ लाख ९ हजार ९ सय ३१ कित्ता शेयर बाट १ अर्ब ५० करोड ९४ लाख ८८ हजार ८सय २८ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : ५ बैशाख २०७४, मंगलवार ०९:४८