काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेशेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले पुष २९ गते, सोमबार, एलिश रिसेप्सन्स, सुवर्ण सम्शेर मार्ग, गैह्रीधारा, काठमाडौंमा बिहान १० बजे सभा बोलाएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुष १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ। यस अनुसार पुष १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी मात्र बैंकको साधारण सभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Comment