प्रभु बैंकले बनायो सेयरधनीको हातखाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकले बनायो सेयरधनीको हातखाली



काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुको हात खाली गरेको छ।

गत पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

प्रकाशित : ७ पुष २०८१, आईतवार १२:१५