काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले यो वर्ष नगद लाभांश मात्रै दिने भएको छ ।
बैंकको पुस ५ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत प्रतिशत नगद लाभांश मात्रै दिने निर्णय गरेको छ ।
उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकको स्वीकृति लिई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
बैंकले अघिल्लो आवको मुनाफाबाट भने ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश दिएको थियो ।
Comment