गरिमा विकास बैंकले गर्यो लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गरिमा विकास बैंकले गर्यो लाभांश घोषणा



काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले यो वर्ष नगद लाभांश मात्रै दिने भएको छ ।

बैंकको पुस ५ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत प्रतिशत नगद लाभांश मात्रै दिने निर्णय गरेको छ ।

उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकको स्वीकृति लिई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

बैंकले अघिल्लो आवको मुनाफाबाट भने ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश दिएको थियो ।

प्रकाशित : ५ पुष २०८१, शुक्रबार १३:५९