जनकपुरधामदेखि अयोध्यासम्म हवाई सेवा सुरु हुनुपर्छ : मुख्यमन्त्री सरोज कुमार यादव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
८ मंसिर २०८३, मंगलबारTuesday, November 24, 2026

अर्थ राजनीति

जनकपुरधामदेखि अयोध्यासम्म हवाई सेवा सुरु हुनुपर्छ : मुख्यमन्त्री सरोज कुमार यादव

यो समाचार सुन्नुहोस्0:00 / --:--

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधामदेखि भारतको अयोध्यासम्म हवाई सेवा सुरु हुनु पर्नेमा जोड दिएका छन् ।

अयोध्याबाट जनकपुरधाम आईपुगेको सरयू कमला रेलका यात्रुहरुका निम्ति राखिएको स्वागत समारोहमा बोल्दै मुख्यमन्त्री यादवले दुबै देशका प्रधानमन्त्रीलाई जनकपुरधामदेखि अयोध्यासम्म हवाई सेवा सुचारु गर्न आग्रह गरे । 

उनले वर्षौ देखिको सपना आज साकार भएको बताए । सीमानाकाबाट आउने तीर्थालु भक्तजनहरुको सहजताका निम्ति २४ घण्टासम्म सवारीसाधनमा भन्सार निःशूल्क गर्नुपर्ने मुख्यमन्त्री यादवको भनाई छ । 

भारतीय सवारीसाधनलाई नेपाल भित्रिँदा धेरै समस्या हुने गरेको देखिएको उनले सुनाए । मुख्यमन्त्री यादवले केही वर्ष अघि गृहमन्त्री रवि लामिछाने जनकपुरधाम आएका बेला आफूले यस कुराको जानकारीसमेत गराएको बताए ।

मुख्यमन्त्री यादवले छोटी भन्सारलगायतका समस्याहरु यथावत रहेकोले यसलाई सामाधान गर्न सुझाव दिए । आज भारतबाट नेपाल र नेपालबाट भारत आवतजावत गर्न असहज हुने गरेका कारण छेका, विवाह, व्रतवन्ध जस्ता कार्यक्रमहरु पनि कम हुन लागेको मुख्यमन्त्री यादवले बताए । 

प्रकाशित : ८ मंसिर २०८३, मंगलबार १४:११ 24 November, 2026 2:11 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।