नेफ्स्कून को ३३औं वार्षिक साधारण सभा सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

नेफ्स्कून को ३३औं वार्षिक साधारण सभा सुरु

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३३औं वार्षिक साधारण सभा सुरु भएको छ ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित सभाको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले लुम्बिनी प्रदेशको बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक समारोहका बीच आज बिहान उद्घाटन गरेका छन् ।

दुई दिनसम्म चल्ने साधारण सभामा संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन संघका महासचिव घनश्याम अधिकारीको गरेका छन् ।

सभामा लुम्बिीनी नेकपा एमाले सहकारी विभाग प्रमुख खगराज अधिकारी, राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्ल तथा अन्य विषयगत केन्द्रीय सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरु, राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष मित्रराज दवाडी, यसैगरी, बुटवल उप-महानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, तिलोत्तमा, रुपन्देहीस्थित विभिन्न स्थानीय निकायका प्रमुख तथा उपप्रमुखहरु, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे, संघका पूर्व अध्यक्षहरु, नेफ्स्कून पूर्व सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी एवम् सदस्यहरु, संघको रणनीतिक साझेदार निकायका प्रतिनिधिहरु, लुम्बिनी प्रोस्कूनका अध्यक्ष कृष्ण नेपाल, बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष, स्थानीय बुद्धिजीवी तथा पत्रकारहरु लगायतको आतिथ्यता रहेको छ ।

सभामा संघकी उपाध्यक्ष शान्ती अधिकारी, कोषाध्यक्ष दिपक थापा, लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेल लगायत संघको सिङ्गो सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिसँगै डा.शिवजी सापकोटा नेतृत्वको व्यवस्थापन समूह, देशभरबाट सहभागी सदस्य संघ/संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता छ । नेफ्स्कूनले १६ वर्षपछि काठमाडौं उपत्यकाबाहिर वार्षिक साधारण सभा आयोजना गरेको हो ।

प्रकाशित : ५ पुस २०८१, शुक्रबार १३:२० 20 December, 2024 1:20 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।