सिटिजन लाइफले व्यतित बीमालेख नवीकरणमा सतप्रतिशत ब्याज छुट दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन लाइफले व्यतित बीमालेख नवीकरणमा सतप्रतिशत ब्याज छुट दिने



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा व्याज छुट दिने भएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखको नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्क २०८१ पुस २ गतेदेखि पुस २५ गतेसम्म शतप्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस छुट बीमा अवधिभरी एक पटक मात्र पाइने कम्पनीले जनाएको छ । सो अवधिसम्ममा नविकरण शुल्क भुक्तानी गरी आफ्नो आफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन तथा थप जानकारीको लागि कम्पनीको शाखा उपशाखा तथा अभिकर्ताहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रकाशित : 20 December, 2024 12:02 pm