तोलामा हजार रुपैयाँले बढ्यो सुनको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा हजार रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडाै । बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, यसदिन चाँदीको मूल्य भने स्थीर रहेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार पनि चाँदी सोही रकममा कारोबार भएको थियो ।

बिहिबार प्रति १० ग्राम सुनको मूल्य १ लाख ४० हजार ६ सय ५ रुपैँया र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ७२ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : ६ मंसिर २०८१, बिहीबार १०:५३