सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार १ अर्ब पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार १ अर्ब पुग्यो



काठमाडौं । सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार १ अर्ब पुगेको छ । कोष प्रवर्द्धक सिद्धार्थ बैंक र योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल रहेको सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार बढेर १ अर्ब पुगेको हो ।

खुल्लामुखी सामूहिक लगानी कोष योजना रहेको उक्त फण्ड २० करोड रुपैयाँबाट सुरु भएको थियाे । कम्पनीले विसं २०७८ असार १६ गते उक्त फण्ड जारी गरेको थियो । यस योजनाअन्तर्गतको व्यवस्थित लगानी योजनामा हाल करिब १९ हजार इकाईधनीहरू आवद्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार गत असोजसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य (न्याभ) ११.३० रुपैयाँ रहेको छ । व्यवस्थित लगानी योजनामा लाभांश पुनःलगानी हुने, सजिलै खरिद/बिक्री हुने, इकाईको खरिद तथा बिक्री खुद सम्पत्ति मूल्यमा हुने जस्ता विशेषताहरू रहेका छन् ।

लगानीकर्ताहरूले क्यापिटलका सम्पर्क कार्यालय विराटनगर, वीरगञ्ज, भरतपुर, पोखरा र नेपालगञ्ज, सिद्धार्थ बैंकका शाखा कार्यालय र अनलाइनबाट पनि खरिद बिक्री गर्न सक्नेछन् ।

प्रकाशित : २ मंसिर २०८१, आईतवार १४:२३