काठमाडौँ । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि १५औं वार्षिक साधारण सभा आव्हान गरेको हो ।
सभा होटेल क्रिष्टल पशुपति ट्रेड टावर गौशालामा बिहान १०ः३० बजे हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
अन्य कम्पनीसँग मर्जरमा जाने सकिने बारेमा समेत सभामा छलफल हुने बताइएको छ । त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिइनेछ ।
Comment