जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गोपालध्वज श्रेष्ठ निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गोपालध्वज श्रेष्ठ निर्वाचित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गोपालध्वज श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ हाल उपाध्यक्ष हुन् । उनले कार्यबाहक अध्यक्षमा समेत जिम्मेवारी सम्हाल्दै आएका छन् ।

२०८१ भदौ २९ गते प्रकाशित निर्वाचन कार्यतालिका अनुसार असोज १२ गते बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।

आज (कात्तिक २० गते) बसेको निर्वाचन उप समितिले निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको नाम घोषणा गरेको हो ।

निर्वाचन उप समितिको ११ औं बैठकले दुबै समितिमा एकल उम्मेदवारी परेको भन्दै निर्विरोध घोषणा गरेको हो । नवनिर्वाचित दुबै समितिका सदस्यहरुलाई कात्तिक २४ गते सपथ ग्रहण हुने समितिले जनाएको छ ।

नव निर्वाचित सञ्चालक समितिको उपाध्यक्ष (वरिष्ठ)मा नारायण प्रसाद दाहल, उपाध्यक्ष (महिला) सुमिता शिवाकोटी उप्रेती निर्वाचित भएकी छिन् । त्यस्तै सचिवमा भरत केसी, सहसचिवमा शिवराम ढकाल, कोषाध्यक्षमा राजेन्द्र प्रसाद ढुङ्गेल निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सन्तोष प्रसाद विमली, उर्मिला गौतम, नारायण बस्नेत, केदार प्रसाद दहाल, पदम बहादुर पाण्डे, ज्ञान बहादुर तामाङ, शृजना घिमिरे, अमृता शेर्मा र विमला दहाल (घिमिरे) निर्वाचित भएकी छिन् ।

त्यस्तै प्रशान्त चौलागाई लेखा सुपरीवेक्षण समितिको संयोजकमा निर्वाचित भएको छन् । सदस्यहरुमा सुशिला न्यौपाने र सोम प्रसाद घिमिरे निर्वाचित भएका छन् ।

निर्वाचन उपसमितिको संयोजकमा सरोज उप्रती थिए ।

संस्थाले ३१औं वार्षिक साधारण सभा एकाइगत रुपमा सम्पन्न समेत गरेको छ । संस्थाले सात वटा एकाईमा साधारण सभा सञ्चालन गरेको थियो । संस्थाले कात्तिक २ गतेदेखि १४ गतेसम्म साधारण सभा सञ्चालन गरेको थियो ।

प्रकाशित : २१ कार्तिक २०८१, बुधबार १३:२१ 6 November, 2024 1:21 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।