किसान बहुउद्देश्यीय सहकारी ३०औं बर्षमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

किसान बहुउद्देश्यीय सहकारी ३०औं बर्षमा



कैलाली । किसान बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको २९ औं बर्ष पुरा गरेको छ । संस्थाले एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहको अध्यक्ष्यता तथा इन्द्र कुमार शाहको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाएको हो ।

संस्थाका अध्यक्ष शाहले साविक बलिया गाविस कार्यक्षेत्र रहने गरी २०५२ साल कातिक १७ गते २५ जना शेयर सदस्यहरुबाट संस्था सुरु गरिएको बताए । सुरुमा ६० हजार ३ सय शेयर पुँजीबाट सुरु गरेको संस्थाले २९ बर्ष पुरा गरी गरी ३० औं बर्षमा प्रवेश गरेको उनले जानकारी दिए । संस्था अहिलेको अवधिसम्म आइपुग्दा कार्यक्षेत्रसँगै कारोबार समेत विस्तार गर्न संस्था सफल भएको उनको भनाई छ । संस्थाको कार्यक्षेत्रमा बसोबास गर्ने ८० हजार माथी सदस्यलाई वित्तीय सेवा प्रदान गर्नुका साथै ५ अर्ब ८० करोडको कारोबार गर्न सफल भएको शाहले जनाए । संस्थाले सदस्यहरुलाई वित्तीय सेवासँगै देनिक उपभोग्य वस्तुका साथै रासयनिक मल बिक्री वितरण गर्दै आएको छ ।

संस्थाले हाल कारोबारलाई फराकिलो बनाएर सदस्यहरुलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले ३ सयलाई प्रत्यक्ष रोजगार प्रदान गरेको छ भने संस्थासँगको वित्तीय कारोबार मार्फत स्वरोजगार हुनेको संख्याको हजारौ रहेको उनले जनाए । संस्थाको मुख्य ध्यये सदस्यहरुलाई आर्थिक रुपमा सबल बनाउनु रहेको र सदस्यहरुको सम्पन्नता र संस्थागत वृद्धि नै प्रगतिको सुंचक रहेको संस्थाले जनाएको छ । संस्थाको सदस्य बनेर वित्तीय कारोबार गर्ने र संस्थासँग जोडिएर गैर वित्तीय सेवा लिने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष शाहले विगतकै जस्तै सहयोग र सहहार्य गर्न उनको आग्रह छ ।

त्यसैगरी संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले सुदुरपश्चिमका ६ जिल्लामा ४० र लुम्बिनी प्रदेशमा १ गरी ४१ शाखा मार्फत सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको बताए । संस्थाले वित्तीय सेवा प्रभावलाई प्रभावकारी बनाई सदस्यमैत्री सेवा प्रवाहमा जोड दिन विद्युतिय कारोबारलाई प्रोत्साहित गर्दै लगेको उनले बताए । संस्थाले विभिन्न सेवा प्रदायक कम्पनीहरुसँग सहकार्य गरेर मोबाइल तथा ट्याबलेट बैकिङ्,फोन पे, क्युआर भुक्तानी,एटिएम सेवा, मिस कल बैकिङ लगायतका सुविधाहरु सदस्यलाई प्रदान गर्दै आएको उनले जनाए । त्सैगरी कृषि तथा गैरकृषि उत्पादनहरुलाई बजारीकरणका लागि सघाउन संस्थाले विभिन्न ठाउँमा मार्ट सञ्चालन गरेको र ती मार्टहरुबाट सदस्यहरुको उत्पादनलाई बजारीकरण गर्दै आएको छ । नीति, विधि र सिद्धान्तमा कटिवद्ध रही सदस्यहरुको सेवामा समर्पित भएकै कारण संस्थाले अन्तराष्ट्रिय स्तरबाट स्मार्ट सर्टिफाईड संस्थाको ब्राण्ड समेत प्राप्त गरेको छ । समृद्धिका लागि समुदाय सँगसँगै नारा बोकेर सदस्यहरुलाई केन्द्रमा राखी सदस्य सेवामा समर्पित उक्त संस्थाले निरन्रत साथ , सहयोग र प्रेरण प्रदान गरिरहन सदस्यहरुलाई अपिल गरेको छ ।

प्रकाशित : २० कार्तिक २०८१, मंगलवार १६:३२