सहकारीको समस्या समाधानका लागि सात क्षेत्रमा नीगित सुधार गर्नुपर्ने निस्कर्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहकारीको समस्या समाधानका लागि सात क्षेत्रमा नीगित सुधार गर्नुपर्ने निस्कर्ष



ललितपुर । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीका सवाल सम्बन्धी नीति संवाद कार्यक्रम सातवटा क्षेत्रमा नीतिगत सुधार गर्नुपर्ने औल्याउँदै सम्पन्न भएको छ । सहकारी क्षेत्रमा उठेका नीगितगत कानुनी, संरचनागत तथा वित्तीय एवं व्यवस्थापकीय सवालहरुको ठोस समाधानका लागि सरकारलाई सुझाव दिने उद्देश्यका साथ सरकार, सहकारीकर्मी र सरोकावाला निकायको साझा निस्कर्ष तय गर्ने उद्देश्यका साथ कात्र्तिक ११ र १२ गते कार्यक्रम भएको हो ।

नीति संवादले सहकारीको स्वायक्तततालाई आत्मसाथ गर्दै संघ संस्थालाई स्वनियनमान र सुशासनमा संचालनका लागि नियमनको एकीकृत ढाँचा तयार गर्दै महासंघ र संघहरुलाई जवाफदेही बनाउने नीतिगत व्यवस्था गर्ने निस्कर्ष निकालेको छ । साथै सहकारी व्यवसायमा बाधा पु¥याउने ऐन÷नियमका दफा संशोधन गर्ने, सहकारीका प्रवद्धनात्मक व्यवस्था संचालन गर्ने, प्रवद्र्धन कोष महासंघमार्फत र स्थिरिकरण कोष प्रभावकारी रुपमा संचालन गर्ने विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले भूमिका निर्वाह गर्ने गरी निस्कर्ष निकालिएको महासंघका अध्यक्ष ओमदेवी मल्लले बताउनुभएको छ । उत्पादन र सेवा विविधिकरणका लागि अवरोध रहेका अन्तरसम्बन्धित ऐनहरुलाई सहकारी मैत्री बनाउने विषयमा पनि सरकार र सहकारीकर्मीको साझा धारणा बनेको छ ।

त्यसैगरी सहकारीको तहगत संरचनला पुनरावलोकन गर्ने, क्षमता विकास, अध्ययन अनुसन्धान र तथा तथ्यांक संकलनमा अनिवार्य गर्ने, सरकार, अभियान र सरोकारवाला निकायका नीति योजनाहरु कोप भिजन २०३० अनुरुप बनाउने, सहकारी संघ÷संस्थामा कार्यकालको एकिन गर्न कानुनी व्यवस्था गर्ने, निस्कर्ष समेत निस्केको महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले निस्कर्ष घोषणा गर्दै बताउनुभएको छ ।

सदस्यहरुको बचत रकम फिर्ता गर्ने प्रक्रियालाई अगाडि बढाउन सरकार र सम्बन्धित निकायलाई जोड दिने निस्कर्ष निस्केको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेलले संवादमार्फत निस्केको निस्कर्षलाई आवश्यकता अनुसार महासंघ, केन्द्रीय संघहरुमा छलफलपछि कानुनी संरचना परिमार्जन गर्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सहकारी विभागको सहआयोजनामा भएको कार्यक्रममा महासंघका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री केशव बडाल, पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटा, निवर्तमान अध्यक्ष मिनराज कडेलले मन्तव्य राख्नुभएको थियो । साथै समापन कार्यक्रममा सहकारी विकास बोर्डका सह अध्यक्ष मित्रराज दवाडी, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेको समेत उपस्थ्तिि थियो ।

सोमबारको कार्यक्रममा सहकारमिा स्वनियमन र सुशासन नियामकीय आवश्यकता कति भन्ने विषयको बोर्डका सहअध्यक्ष दवाडीले संचालन गर्नुभएको थियो । सहकारी विभागका पूर्व रजिष्ट्रार केशव रेग्मीले कार्यक्रप प्रस्तुत गर्नुभयो । प्यानलिस्टका रुपमा महासंघका उपाध्यक्ष डिवि बस्नेत, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रोमशरण शर्मा घिमिरे र नवजिवन सहकारी संस्था कैलालीका अध्यक्ष देवबहादुर बम हुनुहुन्थ्यो ।

त्यसैगरि सहकारीको तहगत संरचना सञ्जालीकरण र सेवामा विविधिकरण विषयक कार्यक्रमको अध्यक्षत महासंघका संल्लाहकार खगराज अधिकारीले गर्नुभएको थियो । उपरजिष्ट्रार टोलराज उपाध्यायले कार्यपत्र प्रस्तुत गर्नुभयो । प्यानलिस्टका रुपमा राष्ट्रिय महिला आयोगका सचिव पार्वती अर्याल, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा हुनुहुन्थ्यो ।

त्यसैगरी सहकारीको वित्तिय व्यवस्थापकी सावल र सम्बोधनको विषयमा गोलमेच गरिएको थियो । त्यस सत्रको मोडरेर विकु साकोसका सिइओ माधव पौडेल हुनुहुन्थ्यो । पयनलिस्टहमा राष्ट्रिय सहकारी बै.कका सिइओ बद्रि गुरागाई, नेफ्स्कुनका सिइओ शिवजी सापकोटा, नेपाल कृषि सहकारी केन्द्रीय संघका नि. महाप्रबन्धक मिना पोखरेल, चन्द्रागिरि सोकोका सिइओ कृष्ण कुमार श्रेष्ठ, हाम्रो साकोसका सिइओ इन्द्र घिमिरे र मिलिजुली कालिञ्चोक साकोका सिइओ ईश्वर न्यौपाने हुनुहुन्थ्यो ।

प्रकाशित : १२ कार्तिक २०८१, सोमबार १७:०५