ग्लोबल आइएमई बैंकले पायो वल्ड बेष्ट बैंक अवार्ड २०२४ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकले पायो वल्ड बेष्ट बैंक अवार्ड २०२४



काठमाडौं । ग्लोबल आइएमई बैंकले वल्ड बेष्ट बैंक अवार्ड २०२४ प्राप्त गरेको छ । उक्त अवार्ड ग्लोबल फाइनान्स म्यागाजिनले प्रदान गरेको हो ।

उक्त अवार्ड बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले शनिवार अमेरिकामा ग्रहण गरेका छन् । ग्लोबल फाइनान्सले विश्व भरका बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न विधामा अवार्ड दिने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

‘ग्लोबल फाइनान्स म्यागेजिनले विश्वका उत्कृष्ट बैंकहरुमध्येबाट प्रदान गर्ने वल्ड बेष्ट बैंक अगार्ड-२०२४ बाट ग्लोबल आइएमई बैंकलाई बिभूषित गरेकोमा निकै खुसी लागेको छ । ग्लोबल आइएमई बैंकका लागि यो धेरै ठूलो र ‘ग्लोबल’ पहिचान हो । यो अवार्डले ग्लोबल आइएमई बैंक मात्र नभएर नेपालको बैंकिङ तथा समग्र वित्तीय क्षेत्रलाई अझ उच्चस्तरीय सेवा प्रदान गर्न थप प्रोत्साहित गरेको छ’ अवार्ड प्राप्त गरेपछि बैंकका अध्यक्ष ढकालले भने ।

‘यो उपलब्धि हामी सबैको लागि प्रेरणा हो । यसले हामीलाई अझ रचनात्मक र उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गर्नेछ’ अध्यक्ष ढकालले भने-‘आगामी दिनहरुमा पनि अझै जिम्मेवार भई उच्चस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता छ ।’

बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, तथा ग्राहक केन्द्रित सेवाहरुको निरन्तर विकासले यो उपलब्धि प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ ।

प्रकाशित : ११ कार्तिक २०८१, आईतवार १०:२९