हिमालयन ब्रोकरेजले डाक्यो साधारणसभा, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन ब्रोकरेजले डाक्यो साधारणसभा, यस्ता छन् एजेण्डा



काठमाडाै । हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड (ब्रोकर नम्बर ६३) ले कात्तिक ३० गने दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ ।

कात्तिक ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बुढानिलकण्ठ स्थित होटल लेमन ट्रिमा दिउँसो ३ बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै प्रमुख कार्यकारी अधिकृतको तलव भत्ताका सम्बन्धमा आवश्यक निर्णय गर्ने प्रस्ताव कम्पनीले गरेको छ ।

साथै आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश पारित गर्ने समेत प्रस्ताव रहेको छ ।

प्रकाशित : ९ कार्तिक २०८१, शुक्रबार १३:३९