‘सेरेस गाडीमा कुनै समस्या छैन, आधिकारि सर्भिस सेन्टरमा नदेखाउँदा विद्युत सर्किट’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

‘सेरेस गाडीमा कुनै समस्या छैन, आधिकारि सर्भिस सेन्टरमा नदेखाउँदा विद्युत सर्किट’



काठमाडौं । सोमबार बिहान सेरेस ब्राण्डको विद्युतीय सवारीसाधनमा प्राविधिक खराबीको कारण धुवाँ निस्किएको कम्पनीले जनाएको छ । गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्त समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको उक्त गाडिमा शर्ट सर्किट भएर धुवाँ डिस्चार्ज भएको बताइएको छ ।

उक्त गाडि विगतमा अनधिकृत सेवा केन्द्रहरू मार्फत् मर्मत सम्भार गरिएकाले यस्तो समस्या भएको आधिकारिक बिक्रेता एमएडब्लु बृद्धिले जनाएको छ । ‘त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मर्मतका लागि कम्पनीको सर्भिस सेन्टरमा ल्याएका बखत शर्ट सर्किट हुँदा गाडीमा धुवाँ निस्किएको हो ।’

गाडीको सुरक्षा सतर्कताका निम्ति कम्पनीले सक्रियता पुर्वक स्थितिलाई नियन्त्रण लिएको कम्पनीले जनाएको छ । कम्पनीको प्रारम्भिक अनुसन्धान अनुसार गाडीको ब्याट्री र मोटर दुवैमा क्षति नभएका कारण कुनै समस्या नदेखिएको बताइएको छ । थप अनुसन्धान भइरहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘विद्युतीय सवारी साधनहरू धेरै खाले सुरक्षा सुविधाहरूले सुसज्जित हुन्छन् र निश्चिन्त सवारी अनुभवका लागि हामी ग्राहकहरूलाई आफ्नो सवारी साधनको मर्मत सम्भार तोकिएकै सेवा केन्द्र मार्फत् गराउन हार्दिक आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : ६ कार्तिक २०८१, मंगलवार १०:३८