सेयर बजारको ओरालो यात्रा कायमै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारको ओरालो यात्रा कायमै



काठमाडाैं । आज पनि निरन्तरता पाएको छ । सोमबार पनि सेयर बजारमा भारी अंकको गिरावट देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २.१४ प्रतिशत अर्थात् ५७.९९ अंकले घटेको छ । यो सँगै नेप्से २६३९.९२ बिन्दुमा खुम्चिएको छ ।

सोमबार परिसूचकसँगै कारोबार रकम पनि खुम्चिएको छ । यस दिन ५ अर्ब ९० करोड ७ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार अवधिभर ३१९ कम्पनीको एक करोड ३८ लाख ६३ हजार ४४३ कम्पनीको सेयर किनबेच भएको छ ।

यस दिन नेप्सेमा सूचीकृत १३ वटै सूचक राताम्य बनेको छ । यस दिन २३ कम्पनीको मात्र मूल्य बढेको छ । २२१ कम्पनीको मूल्यमा गिरावट आएको छ । सोमबार वीन नेपाल लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, कालिका लघुवित्त, पिपुल्स हाइड्रोपावर, मानुषी लघुवित्त लगायत कम्पनीको सेयर मूल्य बढेका छन् ।

ङादी ग्रुप पावरको सेयरमूल्य सर्वाधिक ९.२० प्रतिशतले घटेको छ । त्यस्तै, गुडवील फाइनान्स, छ्याङ्दी हाइड्रोपावर इष्टर्न हाइड्रोपावर गोर्खाज फाइनान्स लगायत कम्पनीको सेयर मूल्य घटेका छन् ।

कारोबार रकमको आधारमा भने हिमालयन रि-इन्स्योरेन्स अगाडि छ । कम्पनीको २२करोद् ३ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित : ५ कार्तिक २०८१, सोमबार १५:५६