सुनको मूल्य हालसम्मकै उच्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सुनको मूल्य हालसम्मकै उच्च



काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबार प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेसँगै सुनको मूल्य हालसम्मकै उच्च बनेको हो ।

बुधवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गत असोज १८ गते सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँ कायम थियो । मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ कायम थियो ।

महासंघका अनुसार मंगलबार तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार बढेर १ हजार ९५० रुपैयाँ कायम भएको हो ।

प्रकाशित : ३० आश्विन २०८१, बुधबार १२:३८