बाढीपहिरो पीडितलाई एभरेष्ट बैंकको ५० लाख रुपैयाँ सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

अर्थबजार स्टोरी

बाढीपहिरो पीडितलाई एभरेष्ट बैंकको ५० लाख रुपैयाँ सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितलाई राहतका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गरेको हो । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखी नै सहयोग गर्दै आएको छ ।

प्रकाशित : २२ आश्विन २०८१, मंगलबार १७:२६ 8 October, 2024 5:26 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।