गभर्नर अधिकारी उपर जाँचबुझ गर्न गठित समिति रद्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गभर्नर अधिकारी उपर जाँचबुझ गर्न गठित समिति रद्द



काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी उपर जाँचबुझ गर्न गठित समिति रद्द गरेको छ ।सरकारले २०७८ चैत २४ गते गभर्नर अधिकारीमाथि छानबिन गर्न गठन गरेको समिति रद्द गर्ने निर्णय गरेको हाे ।

सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा समिति बनाएको थियो।

समितिको सदस्यमा चन्द्रकान्त पौडेल र सूर्यबहादुर थापा थिए । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने सरकारले निर्णय गरेको छ ।

२०७८ चैत २४ गतेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीविरुद्ध छानबिन गर्न जाँचबुझ समिति बनाएको थियो ।

प्रकाशित : २२ आश्विन २०८१, मंगलवार १३:५८