हंस बहुउद्देश्यीय सहकारीको २१ औं वार्षिक साधारण सभाको इकाई बैठक सम्पन्न, ३ करोड मुनाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

हंस बहुउद्देश्यीय सहकारीको २१ औं वार्षिक साधारण सभाको इकाई बैठक सम्पन्न, ३ करोड मुनाफा



काठमाडाै । हंस बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो २१ औं वार्षिक साधारण सभाअन्तर्गत तीन ओटा सेवाकेन्द्रहरूको इकाई बैठक शनिबार सफलतापूर्वक सम्पन्न गरेको छ। टाँडी, विजयनगर, र जीतपुर सेवाकेन्द्रमा छुट्टाछुट्टै सम्पन्न भएका यी बैठकहरू टाँडी सेवाकेन्द्रको होटल गंगोत्री हाइवे रत्ननगरमा, विजयनगर सेवाकेन्द्रको तथास्तु पार्टी प्यालेसमा र जीतपुर सेवाकेन्द्रको संस्थाको आफ्नै भवन परिसरमा आयोजना गरिएका थिए।

टाँडी सेवाकेन्द्रको बैठक संचालक सदस्य तथा सेवाकेन्द्र संयोजक सन्देश पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

विजयनगर सेवाकेन्द्रको बैठक संचालक सदस्य तथा सेवाकेन्द्र संयोजक ध्रुब कुमार ओझाको नेतृत्वमा सम्पन्न भयो। यस बैठकमा उपाध्यक्ष बाबुराम अधिकारी, कार्यवाहक सचिव होमनाथ सापकोटा र लेखा समिति सदस्य कृष्णहरि तिमिल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे।

जीतपुर सेवाकेन्द्रमा लेखा समिति संयोजक गोबिन्द प्रसाद पौड़यालको अध्यक्षतामा सम्पन्न भएको बैठकमा गोबिन्द प्रसाद पौड़यालसँगै सञ्चालक सदस्य षडानन्द लामिछाने र देशबन्धु अधिकारीले आर्थिक प्रतिवेदन पेश गरे।

संस्थामा हाल ५,१४८ जना सेयर सदस्य रहेका छन्, जसमा २,६७१ पुरुष, २,४६२ महिला र १५ संस्थागत सदस्यहरू छन्। संस्थामा २६ जना कर्मचारी कार्यरत छन्, जसमा ८ पुरुष र १८ महिला छन्। आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षणका आधारमा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार संस्थाको चुक्ता शेयर पूँजी ९ करोड ९८ लाख १५ हजार, जगेडा कोष ६ करोड ७७ लाख ७२ हजार, कुल सम्पत्ति ८८ करोड ४८ लाख ४७ हजार, र कुल निक्षेप ६५ करोड ४ लाख ७९ हजार रहेको छ।

संस्थाले कुल लगानीमा रहेको ऋण ६५ करोड ५९ लाख ९६ हजार, सेयर लगानी २१ लाख ७७ हजार, कुल आय १४ करोड ९५ लाख ९३ हजार, कुल व्यय ११ करोड ९३ लाख ७३ हजार, र सञ्चालन मुनाफा ३ करोड २ लाख २० हजार भएको जानकारी संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले दिए ।

उक्त संस्थाको २१ औं वार्षिक साधारण सभा अन्तर्गत प्रधान कार्यालयका सदस्यहरूको बैठक २०८१ असोज २१ गते बिहान ११ बजेदेखि बाइपास रोड स्थित तीनखोले गुम्बा परिसरमा बस्ने बताइएको छ ।

प्रकाशित : २० आश्विन २०८१, आईतवार ०७:४७