अपि पावर कम्पनीको लाभांश अस्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अपि पावर कम्पनीको लाभांश अस्वीकृत



काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको लाभांश अस्वीकृत भएको छ । विद्युत नियमन आयोगले अपि पावरको लाभांश वितरणको लागि स्वीकृति नदिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस र ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सोही दरको लाभांश वितरणको स्वीकृतिका लागि गत भदौ ९ गते आयोगमा आवेदन दर्ता गराएको थियो ।

निवेदन साथ प्राप्त कागजातहरुको आवश्यक अध्ययन गर्दा आयोगले कम्पनीको आर्थिक वर्ष २०८०-८१ को लेखापरीक्षणबाट अनरियलाइज्ड गेनलाई खुद मुनाफामा देखाइ लाभांश वितरणको सन्दर्भमा स्पष्ट तथ्यासहित जवाफ पेश गर्न निर्देशन दिएको थियो ।

त्यसमा कम्पनीले आफ्नो स्वामित्वमा रहेको वित्तीय उपकरण तथा लगानीलाई बजार मूल्यमा प्रस्तुत गरेको र सो बजार मूल्यको थपघटलाई नाफा नोक्सान हिसाब अथवा अन्य विस्तृत आम्दानीमा लेखाङ्कन गर्न पाउने स्पष्ट व्यवस्था भए बमोजिम गरिएको भनि जवाफ आयोगमा पठाएको थियो ।

सोही विषयमा छलफल हुँदा त्यस्तो कार्यलाई कम्पनी ऐन , २०६३ को दफ ५६ को उपदफा (१०) ल वर्जित गरेको हुँदा कम्पनीको लाभांश स्वीकृत नगरिएको आयोगले जनाएको छ।

प्रकाशित : १० आश्विन २०८१, बिहीबार १२:५२