‘दिपल ईभी’ को ब्रान्ड एम्बास्डरमा पारस खडका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

‘दिपल ईभी’ को ब्रान्ड एम्बास्डरमा पारस खडका



काठमाडौं । चांगन नेपालले दिपल ब्रान्डको ब्रान्ड एम्बास्डरमा क्रिकेटर तथा नेपाल क्रिकेट संघका सचिव पारस खडकालाई नियुक्त गरेको छ ।

काठमाडौंस्थित होटल मेरियटमा मंगलबार आयोजित एक विशेष समारोहमा कम्पनीले खड्कालाई ब्रान्ड एम्बास्डर घोषणा गरेको हो ।


ब्रान्ड एम्बास्डरको जिम्मेवारी पाएपछि खड्काले भने, ‘यति धेरै फिचर सहितको गाडी, यति कम मूल्यमा यो सेग्मेन्टमै छैनन् । म आफैंले पनि यो गाडी चलाएको छु । साँच्चिकै मज्जा लाग्यो । यसका फिचरहरू हाइटेक छन् । बाहिरबाट हेर्दा मात्र नभई यसको इन्टेरियर पनि निकै गजब रहेछ ।’
कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले खड्कालाई दिपल ईभीको ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा खुसी लागेको बताए ।

प्रकाशित : ९ आश्विन २०८१, बुधबार १६:०२