पाँच तारा साकोसको उत्प्रेरणात्मक कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पाँच तारा साकोसको उत्प्रेरणात्मक कार्यक्रम



काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले उत्प्रेरणात्मक कार्यक्रम गरेको छ । संस्थाले सञ्चालक समिति तथा उप–समितिहरुलाई लक्षित गरी उत्प्रेरणात्मक कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष भोलानाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमल्सिनाले सहजिकरण गरेका थिए ।

उनले सञ्चालक समिति र उपसमितिको संस्थाप्रतिको काम, कर्तव्य र अधिकारीका विषयमा प्रस्तुतीकरण गरेका थिए । सहकारीका सञ्चालकहरु नायक जस्तै भएकाले सदस्यहरुलाई प्रभाव पार्न पहिलो आफुनै नै अभिप्रेरित हुनुपर्ने उनले बताए ।

आफु संस्थामा आवद्ध भएपछि विभिन्न बहानाबाजी गरेर जिम्मेवारीबाट पञ्छिने भन्दा पनि जिम्मेवारी बहन गर्न अग्रसर भएर लाग्नुपर्ने उनको भनाइ थियो । सदस्यले सहकारीमा आबद्ध भएपछि पालना गर्नु पर्ने नियम, वर्तमान समयमा सहकारीप्रति फैलिरहेको अफवाह र सहकारी इतिहासका साथै सहकारी के हो भन्ने बिषयमा समेत उनले प्रष्ट पारेका थिए ।

अध्यक्ष भोलानाथ पाठकले पाँचतारा सहकारी संस्था स्थापनाको उद्देश्य सहित समुदाय र सदस्य केन्द्रीत रहेर वित्तीय कारोबार गर्दै आएकाले पछिल्लो समय सहकारी क्षेत्रमा आएको विषम परिस्थितिमा समेत सदस्यको विश्वास जितेको बताए ।

सहकारी सदस्यका लागि भएकाले पाँच ताराले सदस्यलाई पहिलो प्राथमिकतामा राखेर वित्तीयलगायत अन्य क्रियाकलाप गर्ने गरेको पाठकले जानकारी दिए । संस्था सदस्यसँग नजिक रहेको भन्दै उनले उमेरसमुह अनुसार संस्थाले विभिन्न गतिविधि गर्ने गरेको जानकारी दिए ।

संस्था बचत तथा ऋणमा मात्रै केन्द्रीत नभई सामाजिक कार्यमा पनि उतिकै सक्रिय रहेको र रक्तदान,सहकारी शिक्षा, स्थानीय मठ मन्दिर तथा सार्वजनिक सम्पत्तिको जर्गेनामा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको सो अवसरमा उनले बताए ।

प्रकाशित : ७ आश्विन २०८१, सोमबार ११:१५