बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक



काठमाडाैं । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आइतबार बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी दुई साताको लागि ३० अर्ब खिच्न लागेको हो।

अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ।

राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि बैंकहरुमा अधिक तरलता कायमै रहदा निक्षेप संकलन उपकरण जारी गरि तरलता खिच्न लागेको हो। पछिल्लो समय केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ।

बैंकहरुको कर्जा लगानी समेत उल्लेख्य मात्रामा बढ्न नसक्दा केन्द्रीय बैंकले निरन्तर तरलता खिच्नु परेको छ। ब्याजदर घटेर एकल विन्दुमा झर्दा समेत अहिले बैंकहरुको कर्जा लगानी खासै बढ्न सकेको छैन्।

राष्ट्र बैंकमा निक्षेप राख्न चाहाने बैंकहरुले असोज ६ गते बेलुका ३ बजेसम्ममा आवेदन गर्न सक्नेछन्। बैंकहरुले न्युनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्नेछन्।

सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथमिकतामा पर्ने छ।

प्रकाशित : ६ आश्विन २०८१, आईतवार ११:२२