खल्तीबाट वल्डलिंकको बिल भुक्तानी गर्दा नामीको ईभी कार जित्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

खल्तीबाट वल्डलिंकको बिल भुक्तानी गर्दा नामीको ईभी कार जित्न सकिने



काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दशैँको दोस्रो च्याप्टर घोषणा गरेको छ । यस योजनाअन्तर्गत खल्ती प्रयोगकर्ताहरूले वल्डलिंकको बिल भुक्तानी गरी नामी ०१ ई ३ ईभी कार जित्न सक्नेछन् ।

असोज ३० देखि पुष १० गतेसम्म लागू हुने यस अफरमा प्रयोगकर्ताहरूले खल्तीबाट वल्डलिंक इन्टरनेटको बिल भुक्तानी गरी नामी ०१ ई३ ईभी कार जित्न सक्ने छन् । यसका साथै, प्रयोगकर्ताहरूले हरेक हप्ता सामसङको प्रडक्ट जित्न सक्नेछन् भने बोटका प्रडक्टहरूमा ५३ प्रतिशतसम्मको अनि सामसङका प्रडक्टहरूमा ३९ प्रतिशतसम्मको छुटहरू प्राप्त गर्न सक्नेछन् ।

यो अफर नयाँ वल्डलिंक सब्सक्रिप्सनका साथै नवीकरण दुबैका लागि लागू हुनेछ । यस योजनाअन्तर्गत १ महिनादेखि २४ महिनासम्मको इन्टरनेट प्याकेज भुक्तानीमा विशेष कुपन पाइने व्यवस्था गरिएको छ । सोही कुपनमार्फत प्रयोगकर्ताहरू लक्की ड्रका लागि छनोट हुनेछन् ।

गत दशैँमा ‘खल्तीबाट वल्डलिंकको भुक्तानी गरेर दुबई घुमौँ रमेर’ अफर मार्फत २४ जोडीले दुबई घुम्ने मौका पाएका थिए भने यसपालि ‘गाडी चढौँ सरर’ अफरमा ईभी जित्ने मौका रहेको छ । खल्तीले आफ्नो ‘खल्तीफुल दशैँ’ योजनाअन्तर्गत पहिलो च्याप्टरमा आन्तरिक फ्लाइट टिकट काट्दा थाइल्यान्ड घुम्ने अफर पनि घोषणा गरेको थियो । यसका साथै अझै धेरै आकर्षक खल्ती फुल च्याप्टरहरू आउन बाँकी रहेको खल्तीले जनाएको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले चाडपर्वको अग्रिम शुभकामना दिँदै भर्खरै २९ औँ वार्षिकोत्सव मनाएको वल्डलिंकको इन्टरनेट भुक्तानीमा आकर्षक उपहारहरू सहित बम्परमा नामी ईभी कार रहेको खल्तीफुल दशैँ योजना घोषणा गरेका छन् ।

प्रकाशित : २ आश्विन २०८१, बुधबार १२:३९