हाथवे इन्भेष्टमेन्टको बोनस सेयर घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हाथवे इन्भेष्टमेन्टको बोनस सेयर घोषणा



काठमाडाैं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार (भदौ २७ गते) बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ । अघिल्लो वर्षको नाफाबाट पनि कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : २८ भाद्र २०८१, शुक्रबार ११:४९