शाखा बिस्तारमा आक्रमक भाटभटेनीःचितवनमा २ अर्ब लागतमा खुल्दै सुपरमार्केट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शाखा बिस्तारमा आक्रमक भाटभटेनीःचितवनमा २ अर्ब लागतमा खुल्दै सुपरमार्केट



काठमाडौं । भाटभटेनी सुपरमार्केटले २९औं शाखाको रुपमा चितवनस्थित टाँडीमा सुपरमार्केट भवन निर्माण गर्ने भएको छ। बुधबार भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले भवन निर्माणको शिलान्यास एवं भूमिपूजा गरेका हुन्। पोखराको तालचोकमा २८ ‌औं शाखा शिलान्यास गरेको तेस्रो दिनमै चितरवनको रत्ननगरमा भाटभटेनीको २९ औं शाखा शिलान्यास भएको छ ।

रत्ननगरमा १ वर्षभित्र स्टोर सञ्चालन गर्ने लक्ष्यसहित भवनको शिलान्यास गरिएको अध्यक्ष गुरूङले जानकारी दिए । प्राविधिक कारणले ढिला भए १४ महिनाभित्र स्टोर सञ्चालनमा आइसक्ने उनको भनाइ छ । गुरुङले २४ गते पोखराको तालचोकमा २८ औं शाखाको जगपुजा गरेका थिए ।

भाटभटेनीले २ अर्ब लागतमा निर्माण गर्ने सुपरमार्केटको नयाँ शाखामा ५०० ले रोजगारी पाउनेछन्। चितवनमा भाटभटेनीका दुई शाखा हुनेछन्। यसअघि भरतपुर बजारमा भाटभटेनी सञ्चालनमा आइसकेको छ। दुई बिघा क्षेत्रफलमा टाँडीमा निर्माण हुने भाटभटेनी ३ लाख ३२ हजार स्क्वायर फिटको हुनेछ भने बेसमेन्टसहित ७ तले हुनेछ। भाभटेनीले हाल काठमाडौं, ललितपुर, भक्तपुर, भरतपुर, बुटवल, नेपालगञ्ज, विराटनगर, जनकपुर, वीरगञ्जलगायत सहरमा सञ्जाल विस्तार गरिसकेको छ।

प्रकाशित : २६ भाद्र २०८१, बुधबार १४:०६