राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपका रुपमा लगानी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
७ मंसिर २०८३, सोमबारMonday, November 23, 2026

Feature News

राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपका रुपमा लगानी गर्ने

काठमाडाैं । नेपाल राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेकोे कुल १ अर्ब ५० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको हो।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब २० करोड, राष्ट्रियस्तरका विकास बैंकहरुमा २२ करोड ५० लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ७ करोड ५० लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ।

आगामी असोज ४ गते देखि लागू हुनेगरी २०८२ असोज ४ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित भदौ २६ गते बेलुका ७ बजेसम्म प्रस्ताव गर्न सक्नेछन्।

न्यूनतम पुँजी कोष कायम गरेका, निष्क्रिय कर्जा सीमाभित्र रहेका लगायतका मापदण्ड पूरा गरेका बैंक तथा वित्तीय संस्थाहरूले रकम जम्मा गर्नका लागि प्रस्ताव गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको, बैंकबाट तोकिएको न्यूनतम पुँजी कोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको तथा खुद तरल सम्पत्ति बैंकले तोकेको न्युनतम सीमा कायम गरेका बैंक वित्तीय संस्थाहरुले आवेदन गर्न सक्नेछन् ।

प्रकाशित : २४ भदौ २०८१, सोमबार १६:०० 9 September, 2024 4:00 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।