पञ्चशील बहुउद्देश्यीय सहकारीको २४औं साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पञ्चशील बहुउद्देश्यीय सहकारीको २४औं साधारण सभा सम्पन्न



ललितपुर । कुमारीपाटी स्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले सञ्चालक समितिको आज्ञाबाट आ.व. २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०८१/०८२ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए । 

प्रतिवेदन अनुसार आर्थिक वर्ष ०८०/०८१ मा संस्थाको शेयर पूँजी १८ करोड २८ लाख २ हजार ७ सय रुपैयाँ रहेको छ । संस्थाले बचत (निक्षेप) तर्फ १ अर्ब ८३ करोड १० लाख २९ हजार २ सय ८२ रुपैँया ५४ पैसा संकलन गरेको छ भने वार्षिक कारोबार २ अर्ब ७५ करोड ८२ लाख ५३ हजार ७ सय ६२ रुपैयाँ पु¥याउन सफल भएको छ । त्यसैगरी संस्थाको जगेडा कोष तथा अन्य कोषमा २८ करोड ८५ लाख ९० हजार ३ सय ४० रुपैयाँ ८८ पैसा रहेको छ ।

संस्थाका अध्यक्ष अशोक बज्राचार्यको असामहिक निधन पश्चात् संस्थाका उपाध्यक्ष देबेन्द्र प्रसाद श्रेष्ठले कार्यवाहक अध्यक्षको नेतृत्व गर्दै आएका थिए । त्यस्तै संस्थाका सचिवले पनि राजिनामा दिएका थिए । रिक्त अध्यक्ष र सचिव पद उपनिर्वाचनबाट पूर्ति गरिएको छ । २४ औं वार्षिक साधारण सभाले अध्यक्षमा देबेन्द्र प्रसाद श्रेष्ठ र सचिवमा नारायण पोख्रेललाई चयन गरेको छ । 

संस्थाले गत आ.व. ०८०/०८१ मा कर्मचारी बोनस र आयकर अघि ५ करोड २६ लाख ३९ हजार ८ सय ६९ रुपैयाँ २१ पैसा नाफा आर्जन गरेको छ । यस अवधिमा संस्थाले २ करोड ६१ लाख ४६ हजार २ सय १९ रुपैयाँ आयकर तथा अन्य विभिन्न शिर्षकहरुमा राजस्वमा योगदान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले जानकारी दिए । गत आ.व. ०८०/०८१ को मुनाफाबाट संस्थाले सेयर सदस्यलाई १५ प्रतिशत लाभांस वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव साधारण सभाबाट पारित समेत गरेको छ ।

संस्थाले सदस्यहरुबीच बचत तथा ऋणको कारोबारसँगै विभिन्न सामाजिक क्रियाकलाप अन्र्तगत विभिन्न कार्यक्रमहरु गर्दै आएको । संस्थाले समय समयमा तालिका बनाई शेयर सदस्यहरुलाई सहभागिता गराई विभिन्न सिप मुलक तालिम दिने, अन्तर्क्रिया गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको र सदस्यहरुलाई अझ प्रभावकारी ढंगले सेवा प्रदान गर्न साथै प्रविधि मुलक कारोबारको वातावरण उपलब्ध गराउने उद्देश्य लिई संस्थाले प्रविधि मैत्री सुविधा दिईरहेको प्रमुख कार्यकारी अधिकृत खतिवडाले जानकारी गराए ।

हाल सहकारीमा देखिएको आर्थिक संकटका बावजुद पनि संस्थाले आ.व. ०८०/०८१ मा आफ्नो सदस्यलाई लगानीको उच्चतम् प्रतिफल प्रदान गर्न सफल भएकोमा खतिवडाले बधाई तथा धन्यबाद ज्ञापन गरेका थिए ।

२४ औं साधारण सभाको समापन सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष देबेन्द्र प्रसाद श्रेष्ठले आफ्नो प्रतिबद्धतासहित गरेका थिए ।

प्रकाशित : २३ भाद्र २०८१, आईतवार २०:४३