तीन दिनभित्र विवरण उपलब्ध गराउन सहकारीहरुलाई विभागको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तीन दिनभित्र विवरण उपलब्ध गराउन सहकारीहरुलाई विभागको निर्देशन



काठमाडौं । सहकारी विभागले ३ तीन दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ।

विभागले मंगलबार सहकारी संस्थाहरुका नाममा एक परिपचत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिबाट माग भई आएकोले विभागको तोकेको ढाँचामा आवश्यक विवरण उपलब्ध गराउन विभागले निर्देशन दिएको छ।

सहकारी संस्थाको अद्यावधिक विवरण तयार गरी सोको सफ्ट कपी (ई-मेलमार्फत [email protected] मा) र हार्ड कपी संस्थाको अध्यक्ष र व्यवस्थापकले प्रमाणित गरी परिपत्र जारी भएको मितिले ३ दिनभित्र विभागमा पठाउन निर्देशन दिइएको छ।

प्रकाशित : १९ भाद्र २०८१, बुधबार १८:४४