सहकारी पत्रकार समाज१४ आै  वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी पत्रकार समाज१४ आै  वर्षमा प्रवेश



काठमाडौ ।नेपाल सहकारी पत्रकार समाज (सिजेएन) १४आै वर्षमा प्रवेश गरेको छ । समाजले आज एक कार्यक्रमको बीच स्थापना दिवस मनाउँदै छ ।

२०६८ साल भदौ १९ गते सहकारी बिटमा कलम चलाउँदै आएका पत्रकारहरुले संस्थाको स्थापना गरेका थिए । समाजले आज भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाउन लागिएको समाजका अध्यक्ष काजी श्रेष्ठले  अर्थबजारलाई जानकारी दिए ।

सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागाई हुन। हाल सम्म डिल्ली प्रसाद सापकाेटा र खिलानाथ दाहालले संस्थाकाे नेतृत्व लिई सकेका छन् ।
सहकारीको विषमा कलम चलाउँदै आएका पत्रकारहरुको पेशागत दक्षता वृद्धि गर्न, मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदानलाई जनसमक्ष उजारगर गर्दै सहकारी अभियानलाई प्रवद्र्धन गर्ने कार्यमा सहयोग पुर्याउन समाजको स्थापना भएको हो ।

समाज स्थापना देखिनै सदस्यलाई क्षमता अभिवृद्धि तथा सहकारी अभियानलाई जागरुक बनाउने खालका कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित : १९ भाद्र २०८१, बुधबार ०९:५२