आइएमई लाइफ इन्स्योरेन्सको कामु सीईओमा अमात्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई लाइफ इन्स्योरेन्सको कामु सीईओमा अमात्य



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिनेशबहादुर अमात्यले पाएका छन् । कम्पनीका निवर्तमान सीईओ कवि फुयाँलको पदावधि गत भदौ ६ देखि समाप्त भएसँगै अमात्यलाई कायममुकायमको जिम्मेवारी दिइएको हो ।

गत भदौ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हालका उपकार्यकारी प्रमुख अमात्यलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तोकेको हो ।

प्रकाशित : ११ भाद्र २०८१, मंगलवार १२:२५