मिलिजुली कालिञ्चोक साकोसको ३१ औं बार्षिक साधारण सभा असोज १ गतेबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मिलिजुली कालिञ्चोक साकोसको ३१ औं बार्षिक साधारण सभा असोज १ गतेबाट



काठमाडौं । दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३१ औं बार्षिक साधारण सभा एकाइगत रुपमा हुने भएको छ । संस्थाको संचालक समितिको बैठकले गरेको निणर्य अनुसार असोज १ गतेबाट एकाइगत रुपमा साधारण सभा हुने भएको हो ।

सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८० / ०८१ को अध्यक्ष, कोषाध्यक्ष तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, बार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८१ / ०८२ को प्रस्तावित बजेट प्रस्तुत हुने भएको छ । त्यसैगरी सहकारी एकीकरण, बिनियम, कार्यविधि, नियमावली संशोधन तथा पुनर्लेखन, एकाई निर्णय प्रमाणित प्रतिनिधिलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

साधारण सभामा शेयर सदस्यमात्र आफै उपस्थित हुनुपर्ने, उपस्थिति भएबापत भत्ता उपलब्ध गराईने, ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी भए साधारणसभा भन्दा अगाडि आफुलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवाकेन्द्रमा आई बुझाउन सूचना जारी गरेको छ ।

प्रकाशित : ११ भाद्र २०८१, मंगलवार ११:५५