नेफ्स्कूनको ३७औं स्थापना दिवस (फोटो फिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेफ्स्कूनको ३७औं स्थापना दिवस (फोटो फिचर)



काठमाडौं । नेपालका वित्तीय सहकारीहरुको प्रवर्धन, विकास, व्यावसायिकरण, गुणस्तर सुनिश्चितता हुँदै सञ्जाल व्यवस्थापनको चरणमा क्रियाशील नेफ्स्कूनले ‘एउटै अभियानः एउटै आवाज, सुरक्षित साकोसः समुन्नत समाज’ भन्ने भाव सहित आफ्नो ३७औं स्थापना दिवस कार्यक्रम भव्य रुपमा मनाएको छ ।

२०४५ साल साउन ३२ गते स्थापना भएको मुलुककै जेठो सहकारी संघ नेफ्स्कूनले ३६ औं वर्षको इतिहास पूरा गरेको गौरब, यसका ओझिलो इतिहास, महत्वपूर्ण माइलस्टोनहरु र अपार सम्भावनाहरुको एकमुष्ट खुसीयाली सरकार, सहकारी अभियान, प्रमुख राजनीतिक दलका सहकारी विभाग प्रमुखहरु, अभियानका अग्रजहरु, विकास साझेदारहरु, सञ्चार जगत तथा अन्य सरोकारवालाको उपस्थितिमा सभ्य एवम् भव्य कार्यक्रम गरी साटासाट गरेको हो ।

फोटो स्रोत नेफ्स्कून

प्रकाशित : १ भाद्र २०८१, शनिबार ०६:१७