भीम गुरुङ्ग बने मुलुककै उत्कृष्ट सीईओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भीम गुरुङ्ग बने मुलुककै उत्कृष्ट सीईओ



काठमाडौ । कस्कीको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भीम गुरुङ्ग मुलुककै उत्कृष्ट घोषित भएका छन् । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले हरेक वर्ष प्रदान गर्ने ‘अभियानमा कार्यरत उत्कृष्ट व्यवस्थापक पुरस्कार’मा यस वर्ष गुरुङ्ग छनोट भएका छन् ।

नेफ्स्कूनले ३७औं स्थापना दिवसको अवसरमा उक्त पुरस्कार गुरुङ्गलाई प्रदान गर्ने घोषणा गरेको हो । नेफ्स्कून सम्मान तथा उत्प्रेरणा नीति २०६८ (संसोधन समेत)को खण्ड ३ को दफा ५ बमोजिमका विधाहरुमा दफा ८ ले तोकेको मापदण्डका आधारमा नाम घोषणा गरिएको नेफ्स्कूनले जनाएको छ । आज घोषण गरिएको सम्मान तथा पुरस्कार आगामी साधारण सभामा प्रदान गरिने जनाएको छ ।

प्रकाशित : ३२ श्रावण २०८१, शुक्रबार १९:०७