काठमाडाै । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले लिमिटेड मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङ डाउनग्रेड गरेको छ । इक्रा नेपालले मुक्तिनाथ कृषि कम्पनीडिलाई विगतमा प्रदान गरेको रेटिङ [ICRANP-IR] BB लाई मा [ICRANP-IR] B+ गरेको हो ।
यस्तै इक्राले उक्त रेटिङ्गलाई ‘Issuer Not Cooperating’ श्रेणी मा सारी रेटिङ फिर्ताको लागि सूचना दिएको छ ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेका मानिन्छन् । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र हो र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्राले स्पष्ट पारेको छ ।
Comment