नेपाल ट्रष्टको नाममा रहेकाे जग्गाको उपयोगमा ध्यान दिन मन्त्री अधिकारीको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाल ट्रष्टको नाममा रहेकाे जग्गाको उपयोगमा ध्यान दिन मन्त्री अधिकारीको निर्देशन



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले नेपाल ट्रष्टको नाममा रहेको जग्गाको रेखदेख संरक्षण र यसको सम्पत्तीलाई उपयोगी हुने गरी प्रयोग गर्न सञ्चालक समिति र कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री संरक्षक रहने ट्रष्टको कार्यालयमा अध्यक्षकोरुपमा पहिलो पटक नेपाल ट्रष्टको कार्यालय कमलादीमा पुगेर मन्त्री अधिकारीले मातहतका निकायबाट बिफ्रिङ सुनेपछि सो निर्देशन दिएका हुन् ।

नेपाल ट्रष्टसंग काठमाडौं लगायत देशका बिभिन्न भुभागमा जग्गा जमिन, ऐतिहासिक दरबार, व्यवसायिक भवनहरु, बिभिन्न निकायमा सेयर रहेको उल्लेख गदैं मन्त्री अधिकारीले भएका सम्पत्तीमार्फत ट्रष्टलाई मुनाफा हुने गरी कानुनसम्मत तरिकाले काम गर्न र ट्रष्टमातहत ल्याउनुपर्ने जग्गा तथा भवनहरुको खोजबिन गर्न मन्त्री अधिकारीले निर्देशन दिए ।

मन्त्री अधिकारीले ट्रष्टका सचिव रामआधार शाहलाई हालसम्मको प्रगति विवरण र आउने आर्थिक वर्षमा अनिवार्य सम्पादन गर्न सकिने कामहरुको लिष्ट तयार गरेर जतिसक्दो छिटो जानकारी गराउन निर्देशन समेत दिए ।

बिफ्रिङ् तथा मन्त्रीको स्वागत कार्यक्रममा सचिव, सञ्चालक समितिका सदस्यहरु, कर्मचारीलगायतको उपस्थीति रहेको थियो । प्रधानमन्त्री संरक्षक रहने ट्रष्टको अध्यक्ष प्रधानमन्त्रीले भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्रीलाई जिम्मेवारी तोकेका थिए ।

प्रकाशित : २८ श्रावण २०८१, सोमबार १२:३९